थाइल्याण्डमा नेपाली टोलीलाई ११ पदक

तेक्वान्दो पदक विजेता खेलाडी ।

काठमाडौं (खेलदैनिक) । चौधौं एयू प्रिन्सेस कप तेक्वान्दो च्याम्यिनसिपमा सहभागी नेपाली टोलीले ५ रजत र ६ कांस्य गरी ११ पदक जितेको छ ।
थाइल्यान्डको बैंककमा आइतबार सम्पन्न प्रतियोगिताको पुरुष ३६ केजीमा अर्जेश सिम्खडा, ५३ केजीमा राहुल गुरुङ र ५४ केजीमा बसन्त तामाङले रजत जिते । पुम्से हरियो पेटीको पुरुषमा शुभ सुवेदी र महिलामा माया पाण्डेले रजत हात
पारे ।
पुरुष २७ केजीमा मुकेश पाण्डे, ३७ केजीमा सौरभ बस्नेत, ३० केजीमा अर्पण पाण्डे, पुम्से कालो पेटीमा राजेन्द्र डंगोल र राजकुमार ठकुरीले कांस्य जिते । महिला ४० केजीमा नम्रता कँडेलले कांस्य जितेको टिम प्रशिक्षक अशोक खड्काले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

Loading...