एसियन गेम्स तयारीका लागि तेक्वान्दो खेलाडी छनोट

छनोट भएका तेक्वान्दो खेलाडी ।

काठमाडौ (खेलदैनिक)ं । इण्डोनेसियामा आगामी अगस्त महिनादेखि शुरु हुन गईरहेको १८ औँ एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ । शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल र पुम्सेतर्पm गरी २ गरी कुल १० खेलाडी छनोट गरिएको हो ।

इन्डोनेसियाको जकार्तामा अगस्ट १८ देखि २ सेप्टेम्बरसम्म हुने एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवं प्रतियोगिता संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिए । महिलाको ग्यरोगीतर्पm ४९ केजीमुनि अस्मिता खड्का, ५३ केजीमुनिमा निमा गुरुङ र ६७ केजीमुनि संगिता बस्याल छनोट भइन् ।

ेक्वान्दो खेलाडी प्रतिस्पर्धा गर्दै ।

पुरुषको ग्यरोगीमा ५८ केजीमा सागर गुभाजु, ६३ केजीमा बिरबहादुर महरा तथा ६८ केजीमा ज्ञानेन्द्र हमाल छनोट हुन सफल भए । बीरबहादुर गत सागको रजत पदक र पराजित निश्चलमान कांस्य पदक विजेता हुन् । पुरुषको ८० केजीमा सक्षम कार्की र ८७ केजीमाथि अनुज पुजारी छनोट भए ।

पुम्सेतर्पm महिलामा पार्वती गुरुङ तथा पुरुषमा कमल श्रेष्ठ छनोट भए । अगामी एसियन गेम्सदेखि पुम्से विधा पनि समावेश हुने प्रतियोगिता संयोजक घिमिरेले जानकारी दिए । छनोटमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...