टोरन्टो ओपनमा यानकुमारीलाई स्वर्ण

उपाधिसहित यानकुमारी ।

काठमाडौं (खेलदैनिक) । क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन् ।

क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् । अर्का २ राष्ट्रिय खेलाडी भने पदकविहिन रहे ।

क्यानडाको टोरन्टोमा यानकुमारी र टिम सामूहिक तस्विरमा ।

टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पदकविहिन रहे । महिला ४९ केजी तौल समूहको पहिलो खेलमै रेजिना क्यानाडाकी खेलाडीसँग पराजित भइन् ।

६२ केजीमुनि तौलसमूहमा ज्ञानी क्वुबाकी खेलाडीसँग पहिलो खेलमै स्तब्ध भएपछि पदक विहिन भइन् । च्याम्पियनसिपमा करिब १ हजार १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...