चन्दुलाई रजत

नेपाली खेलाडी चन्दु शाहीले तेश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको पुरुष ४४ केजीमा रजत जितेका छन् । उनले एकल पुम्सेमा थप १ कांस्य पनि जितेको नेपिल्ज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं टिम प्रशिक्षक अशोक खड्काले जनाएका छन् ।

थाइल्यान्डको बैंककमा अगष्ट ५ तारिखमा भएको प्रतियोगिताको पुरुष ३० केजी र एकल पुम्सेमा विवेक श्रेष्ठ तथा ४५ केजी र एकल पुम्सेमा पुष्पप्रसाद गौतमले दोहोरो कांस्य जिते ।

त्यस्तै सुशीलकुमार थामीले पुरुष ३९ केजी, उज्ज्वल श्रेष्ठले पुरुष ७४ केजी र पुरुष ३५ वर्षमुनिमा नन्दु विष्ट पनि कांस्य जित्न सफल रहे । प्रतियोगितामा एनटीएका ७ खेलाडीसहित १२ सदस्यीय टोली सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...