दुई पदक जितेका कर्मा उत्कृष्ट

तेश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमै सहभागी अर्को नेपाली टोलीका खेलाडी कर्मा नुर्बु शेर्पा उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले पुरुष ३० केजीमुनि स्वर्ण र पुम्सेमा कांस्य जित्दै उत्कृष्ट खेलाडी घोषित भएको टोली प्रशिक्षक अमिन लामाले जनाएका छन् ।

त्यस्तै महिला ३६ केजीमुनि समता जिरेल र पुरुष ६८ केजीमुनि पुरुषोत्तम मानन्धरले पनि स्वर्ण हात पारे । पुरुष ३३ केजीमुनि सौजन न्यासुर र पुरुष ६३ केजीमुनि टीकाराम राना मगरले रजत तथा पुरुष ५९ केजीमुनि अभय थापाले कांस्य जिते ।

पुम्से विधामा सुजन तामाङले स्वर्ण तथा उज्ज्वल श्रेष्ठ, अभय थापा, समता जिरेल र सौजन न्यासुरले कांस्य प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...