नेपाली तेक्वान्दो टोली थाइल्यान्ड जाने

थाइल्यान्ड जाने तेक्वान्दो टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । तेश्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली तेक्वान्दो टोली थाइल्याण्ड जाने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन नेपिल्ज तेक्वान्दो एकेडेमी (एनटीए) को ७ खेलाडीसहित १२ सदस्यीय टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्न लागेको हो ।

अगष्ट ५ तारिखमा हुने प्रतियोगितामा प्रजुन कुइकेल, विवेक श्रेष्ठ, सुशीलकुमार थामी, चन्दु शाही, पुष्पप्रसाद गौतम, उज्ज्वल गुरागाईं तथा नन्दु विष्टले क्योरोगी र पुम्सेको विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोली प्रमुखमा महेन्द्रराज घिमिरे, प्रशिक्षकमा एनटीएका अध्यक्ष अशोक खड्का र हेमराज गुरुङ तथा व्यवस्थापकमा दिल गुरुङ र तिलक लामा रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...