नेपाली तेक्वान्दो टोली सम्मानित

सम्मानित भएपछि सामूहिक तस्विरमा नेपाली तेक्वान्दो खेलाडी तथा पदाधिकारीहरु ।

काठमाडौं (खेलदैनिक) । दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली तेक्वान्दो टोली सम्मानित भएका छन् ।

नेवा पुजा दक्षिण कोरिया परिवारले नेपाली तेक्वान्दो टोलीलाई कोरियामा सम्मान गरेको हो । नेपाली तेक्वान्दो टोलीलाई नेवा पुजा दक्षिण कोरिया परिवारका अध्यक्ष सानु प्रजापती, वरिष्ठ उपाध्यक्ष राजकुमार डंगोल, उपाध्यक्ष निर्मल महर्जन र सल्लाहकार निर्मल जोशीलगायतले सम्मानपत्रद्वारा सम्मानित गरे ।

कार्यक्रममा अध्यक्ष सानु प्रजापतीले देशका लागि सदैव उचो शानका साथ पदक जित्न शुभकामना दिए ।

दक्षिण कोरियाको मुजु शहरमा भएको ११औँ वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा नेपाललले अन्तिम दिन कुल ११ स्वर्ण,६ रजत र ५ कांस्य पदक हात पारेको थियो ।

नेपाली टोलीले हेड अफ टिम कुमार लामा घिसिङको नेतृत्वमा मुजुमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालले फाइटतर्फ ८ स्वर्ण र पुम्सेमा तीन स्वर्ण जितेको थिए ।नेपाली टोली सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...