नेपालमा पहिलोपटक आइटिएफका अन्तर्राष्ट्रिय प्रशिक्षक

कोरियाली प्रशिक्षकसँग आइटिएफका अन्तर्राष्ट्रिय नेपाली प्रशिक्षकहरु सामूहिक तस्विरमा ।

काठमाडौं (खेलदैनिक । नेपालमा पनि पहिलोपटक आइटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक भएका छन् ।

नेपाल आइटिएफ तेक्वान्दो महासंघकाको आयोजनामा भएको अन्तर्राष्ट्रिय प्रशिक्षक प्रशिक्षणबाट नेपालका १७ प्रशिक्षकले अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता पाएका छन् ।

लगनखेलस्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा उनीहरुलाई उत्तर कोरियाली आठौँ डान प्राप्त सिनियर मास्टर जो चोल हो र पाक चोल मिनले प्रशिक्षण दिएका थिए ।

अन्तर्राष्ट्रिय प्रशिक्षक प्रशिक्षणमा ४ डानमाथीका प्रशिक्षकले मात्र सहभागीता जनाउन पाउने प्रावधान रहेको महासंघका अध्यक्ष धमलाले जानकारी दिए ।

तिनदिने अन्तर्राष्ट्रिय प्रशिक्षक प्रशिक्षणमा चौथो डानका ११ र पाँचौँ डान प्राप्त ६प्रशिक्षकको सहभागीता रहेको महासंघका महासचिव अन्जु राउतले बताइन् ।

नेपाल आइटिएफ तेक्वान्दो महासंघको विशेष आग्रहमा इन्टरनेशनल आइटिएफ तेक्वान्दो फेडेरेसनले दुई सिनियर मास्टर पठाएको महासंघका अध्यक्ष अन्जन धमलाले बताए ।

महासंघका अध्यक्ष धमलाले भने “पहिलोपटक अन्तर्राष्ट्रिय प्रशिक्षक प्रशिक्षण तालिमले हामीमा उर्जा थपेको छ । यसले नेपालको आइटिएफ तेक्वान्दो खेलस्तरलाई निखार्न थप मद्दत पुग्नेछ । साथैँ हामीले अन्तर्राष्ट्रिय क्षेत्रका लागी पनि मान्यता पाएका छौँ । आगामी दिनमा नेपालले पनि अन्तर्राष्ट्रिय प्रशिक्षक रुपमा कुनै देशमा प्रशिक्षण दिने विश्वास लिएको छु ।”

यसअघि मंगलबार ब्ल्याक बेल्ट टेक्निकल सेमीनार तथा एम्पायर कोर्स सम्पन्न भएको थियो । नेपाल आइटिएफ तेक्वान्दो महासंघको आयोजनामा दुई दिने टेक्निकल सेमिनार सम्पन्न भएको थियो ।

ब्ल्याक बेल्ट टेक्निकल सेमीनार तथा एम्पायर कोर्समा पहिलो डानका ७०,दोस्रो डानका ४०,तेस्रो डानका १५,चौथो डानका १० र पाँचौँ डान प्राप्त १० खेलाडीको सहभागिता रहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...