अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुजनलाई स्वर्ण

नेपाली तेक्वान्दो टोली ।

काठमाडौं (खेलदैनिक) । मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कप तेक्वान्दोमा नेपाली तेक्वान्दोले एक स्वर्ण र एक रजत हात पारेको छ ।

मलेसियाको कुचिङमा मंगलबार भएको अन्तर्राष्ट्रिय तेक्वान्दोको फाइटतर्फ नेपालका पुजन खड्काले स्वर्ण र शिवहरी श्रेष्ठले रजत पदक हात पारेको टोलीका प्रशिक्षक विकेस विडारीले बताए ।

नेपाल टोलीले बेस्ट स्पोर्टस् म्यानसिप अवार्डसमेत हात पारेको प्रशिक्षक बिडारीले बताए ।अस्ट्रेलियन कम्पनी रेस्ट्रोलोजीको सहयोगमा अन्तर्राष्ट्रिय तेक्वान्दोका सहभागीता जनाएको नेपालका लागि प्रविन तामाङ क्वाटरफाइनलमा चाइनिज ताइपेईका खेलाडीसँग स्तब्ध भएपछि पदक विहिन भए ।

फाइटतर्फ पुरुष जुनियर ५५ केजीतौलसमूहमा खेलेको तामाङले प्री–क्वाटरमा मलेसियालाई हराएका थिए । फाइटको क्याडेट ४५ केजीमा पुजनले क्वाटरफाइनलमा मलेसिया,सेमिफाइनलमा इन्डानेसिया र फाइनलमा सिंगापुरलाई हराउँदै स्वर्ण दिलाएका थिए ।

क्याडेट ४८ केजीमा शिवहरीले क्वाटरफाइनलमा अस्ट्रेलिया र सेमिफाइनमा मलेसियालाई हराउँदै स्वर्णका लागि प्रतिस्पर्धा गरेको थिए । यद्यपि,फाइनलमा इन्डानेसियासँग पराजित भएपछि रजत पदकमै सिमित भए । नेपाली तेक्वान्दो टोली विकेस बिडारीको प्रशिक्षणमा रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...