कोरियामा नेपाली तेक्वान्दो टोलीलाई ११ स्वर्ण

कोरियामा पदक विजेता नेपाली खेलाडीहरु सामूहिक तस्विर खिचाउँदै ।

काठमाडौं (खेलदैनिक) । दक्षिण कोरियाको मुजु शहरमा भएको ११ औँ वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा नेपालले अन्तिम दिन कुल ११ स्वर्ण, ६ रजत र ५ कांस्य पदक हात पारेका छ ।

मुजुमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालले फाइटतर्फ ८ स्वर्ण र पुम्सेमा तीन स्वर्ण जितेको नेपालका हेड अफ टिम कुमार लामा घिसिङले बताए । सोमबार भएको प्रतियोगितामा पुरुषको फाइटतर्फ २२ केजीमा रोहन माझी, ३३ केजीमा उज्वल कटुवाल, ४० केजीमा प्रतिक श्रेष्ठ, ५४ केजीमा राहुल माझि, ५८ केजीमा दिविहाङ लिम्बु र ६३ केजीमा रिमन महर्जनले नेपालका लागी स्वर्ण जिते ।

पुरुषको फाइटमै ४४ वर्षभन्दामाथिको ८० केजीमा प्रेम भण्डारीले रजत पदक हात पारे । उत्कृष्ट प्रदर्शनका बाबजुत भण्डारी फाइनलमा चाइनिज ताइपेईका खेलाडीसँग ट्राई ब्रेकरमा स्तब्ध भएपछि रजत पदकमै सिमित भए । भण्डारीले पुम्सेमा पनि रजत पदक जिते ।

फाइटमै ८७ केजीमा अनिस महर्जनले रजत, ३० केजीमा अविभ श्रेष्ठ र ३५ केजीमा राहुल थापामगरले कांस्य पदक जिते । महिलातर्फ फाइटको ७८ केजीमा सुमित्रा खत्रिले रजत पदक हात पारिन् ।
त्यस्तै पुरुष पुम्सेतर्फ १३ वर्षमुनि स्वरुप भण्डारी र १५ वर्षमुनि नविन श्रेष्ठले स्वर्ण पदक हात पारे । पुम्सेमै १४ वर्षमुनि प्रसुन तामाङले रजत र १२ वर्षमुनि अविभव शाक्यले कांस्य पदक हात पारे । नेपाली टोलीको हेड अफ टिम कोच समेत रहेका कुमार लामा घिसिङले ३५ वर्षमुनि कांस्य पदक जित्न सफल भए ।

कुमार र नोर्बु सम्मानित

दक्षिण कोरियाको मुजु शहरमा भएको ११ औँ वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा नेपाली टिमका हेड अफ टिम कोच

टिम कोच कुमार लामा घिसिङ र प्रशिक्षक नोर्बु लामा सम्मानित भएपछि ।

कुमार लामा घिसिङ र प्रशिक्षक नोर्बु लामा सम्मानित भएका छन् ।

कुमार र नोर्बुलाई आयोजक मुजु तेक्वान्दो एसोसिएसनले सम्मानपत्रद्वारा सम्मानित गरेको थियो । नेपालमा तेक्वान्दो खेल विकासमा महत्वपुर्ण योगदान पुुराएको भन्दै मुजु तेक्वान्दोले कुमार र नोर्बुलाई सम्मान गरेको हो । कुमार काठमाडौँ जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव र नोर्बु नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...