कोरियामा प्रतिज्ञा र संगितालाई स्वर्ण

स्वर्ण पदक विजेता प्रतिज्ञा र संगीता पदक र नेपालको राष्ट्रिय झण्डा सहित ।

काठमाडौं (खेलदैनिक) । दक्षिण कोरियाको मुजु शहरमा भएको ११ औँ वल्र्ड कल्चरल एक्स्पोमा नेपालका लागि प्रतिज्ञा भण्डारी र संगिता बस्यालले स्वर्ण जितेका छन् ।

कोरियाको मुजु शहरमा भएको च्याम्पियनसिपको फाइटतर्फ राष्ट्रिय खेलाडीद्वय प्रतिज्ञाले ७६ केजीतौलसमुह र संगिताले ६३ केजीमा स्वर्ण हात पारे । आइतबार भएको फाइटतर्फ ६७ केजी तौलसमुहको फाइनलमा प्रतिज्ञाले अमेरिकाकी खेलाडीलाई हराउँदै स्वर्ण जितिन् ।

सेमिफाइनलमा प्रतिज्ञाले फिलिपिन्सलाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । महिलाकै फाइटको ६३ केजीमा संगिताले सेमीफाइनलमा थाइल्यान्डकी खेलाडी र फाइनलमा अमेरिकाकी खेलाडी हराउँदै स्वर्ण हात पारिन् ।

त्यस्तै पुम्सेको भेट्रानतर्फ ४४ वर्षमाथीको ५ डानसम्म नेपालका कोशिस खड्काले स्वर्ण र रोशन खानले रजत पदक हात पारे । कोसिस फाइनलमा इजिप्टका खेलाडीसँग पराजित भएका थिए । यद्यपी इजिप्टका खेलाडीमाथी परेको प्रोटेस्टमा आयोजकले निर्णय गर्दै कोसिसलाई स्वर्ण दिएका थिए ।

सेमिफाइनलमा उनीसँगै पराजित भएका नेपालका रोशनलाई पनि आयोजकले रजत पदक प्रदान ग¥यो । ४४ वर्षमाथीकै ६ डानको पुम्सेमा नोर्बु लामाले रजत पदक जिते । फाइनलमा इजिप्टका खेलाडीसँग पराजित हुँदा उनि रजत पदकमै सिमित भए ।

त्यसैगरी ४४ केजीमुनिको तेस्रो डान पुम्सेमा नेपालकै गोपाल श्रेष्ठले रजत पदक जिते । फाइनलमा अमेरिकाका खेलाडीसँग पराजित भएपछि गोपालको यात्रा रजत पदकमै सिमित भए । उक्त प्रतियोगिता १८ जुलाईसम्म मुजुमा हुनेछ ।केही खेलाडीले जुलाई २८ देखि १ अगस्टसम्म सिओलमा हुने विश्व तेक्वान्दो हान्मादाङ च्याम्पियनसिपमा सेत खेल्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...