तेक्वान्दोका ४४ वर्षिय भण्डारीले कोरियामा फाइटतर्फ प्रतिस्पर्धा गर्ने

काठमाडौं (खेलदैनिक) । तेक्वान्दोका ४४ वर्षिय प्रेम भण्डारीले दक्षिण कोरियामा हुने ११ औँ वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा फाइटतर्फ प्रतिस्पर्धा गर्ने भएका छन् ।

भण्डारीले दक्षिण कोरियाको मुजु शहरमा जुलाई १३–१५ सम्म हुने फाइटतर्फको ८० केजीमुनि तौलसमुहमा प्रतिस्पर्धा गर्ने भएका छन् । सिन्धुपाल्चोक तेक्वान्दो कार्यसमितीका सचिवसमेत रहेका भण्डारीले सिओलमा हुने हाङ्मदाङ तेक्वान्दो च्याम्पियनसिपमा ब्रेकिङ र गु्रुप फाइटमा समेत प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै २७ जुलाईदेखि १ अगस्टसम्म हुने च्याम्पियनसिपमा भण्डारीले ब्रेकिङतर्फ भेट्रान्समा प्रतिस्पर्धा गर्न लागेका हुन् । मुजुमा तेक्वान्दोका अर्का प्रशिक्षक नोर्बु लामाले ४० वर्षमाथीको पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले बुधबार राती कोरिया प्रस्थान गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...