पारा तेक्वान्दोमा रन्जनालाई कास्य

नेपालकी रन्जना धामीले तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक हात पारेकी छिन् । कोरियाको छुनछुन शहरमा भएको च्याम्पियनसिपको ४९ केजी तौलसमुह अन्तर्गत के–५५ विधामा रन्जनाले कास्य पदक हात पारेको पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताए ।

रन्जना सेमिफाइनल मंगोलियाकी खुरेलबातर इन्खतुयासँग १४–६ ले स्तब्ध भएपछि कास्य पदकमै सिमित भइन् । खुरेलबातर उक्त विधामा स्वर्ण जित्नुका साथै च्याम्पियनसिपको बेस्ट फाइटर समेत चुनिएकी प्रशिक्षक कुँवरले बताए ।

पुरुषको ७५ तौल अन्तर्गत के–४२ विधामा रोहित राई क्वाटरफाइनलमा इरानका जफर्जादेह महमोदसँग पराजित भएपछि पदक विहिन भए । यसअघि रोहीतले कोरियाका जाङ योन यो लाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको प्रशिक्षक कविराज नेगी लामाले बताए ।

महिलाको ५८ केजी तौलसमुहको के–४४ मा नेपालकी पलेसा गोवर्धन टर्कीकी अनुभवी खेलाडी गुलदल गाम्जीसँग पराजित भइन् । नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले खेलाडीले आसा लाग्दो प्रदर्शन गरेको बताए । उनले भने “धेरै अनुभवी भइसकेका विदेशी खेलाडीविरुद्ध नेपाली खेलाडीले कडा चुनौती दिनु नै राम्रो संकेत मान्नुपर्छ । ”

नेपाली टोलीको ब्यवस्थापकमा नेपाली खेलकुदका सफल तेक्वान्दो खेलाडी दिपक विष्ट छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...