आयोजकका नवीन फाइनलमा

अन्तर एयरलायन्स टेबलटेनिसको पुरुष सिंगल्स सेमिफाइनलमा प्रज्ज्वल कर्माचार्य विरुद्ध प्रतिस्पर्धा गर्दै नवीनबहादुर शाक्य ।

काठमाडौं (खेलदैनिक) । आयोजक नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पहिलो सेमिफाइनलमा नवीनले एयर अरेबियाका प्रज्ज्वल कर्माचार्यलाई ११–३, ११–३ र १२–१० को सोझो सेटमा पराजित गरे ।

नवीनले कतार एयरवेजका कमल श्रेष्ठ र निगमका सुरेशविक्रम हमालबीचको विजेतासंग फाइनलमा सोमबार प्रतिस्पर्धा गर्नेछन् । कमलले निगमका प्रितम प्रधानलाई ११–९, ९–११, ११–६ र ११–५ तथा सुरेशले निगमकै राजेश गुरुवाचार्यलाई ४–११, ११–१, ११–२ र ११–४ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...