विशाललाई स्वर्ण

आदर्श विद्या मन्दिर (एभीएम) का विशाल गोलेले प्रथम सान उपत्यकाव्यापी अन्तर कलेज तथा विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको स्कुलतर्फ मंगलबार स्वर्ण जितेका छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको यु–१२ ब्वाइज सिंगल्सको फाइनलमा विशालले अरुणीका क्षितिज खनाललाई ११–७, ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगिताको स्कुलतर्फ नै टिम इभेन्टको ब्वाइजमा एभीएमले प्रोक्सिमालाई ३–२ तथा गल्र्समा विजेश्वरीले स्वर्णिमलाई ३–० ले हराउदै पहिलो स्थान हात पारे ।

स्कुलकै ब्वाइज डबल्सको फाइनलमा एभीएमका संयोग कपाली र सन्जिव गुरुङको जोडीले प्रोक्सिमाका रेखन तामाङ र मदन गुरुङको जोडीलाई ३–० ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरे ।

कलेजतर्फ मेन्स टिम इभेन्टमा लिभरपुल इन्टरनेसनल कलेजले मोलिसलाई ३–० ले पन्छ्याउदै स्वर्ण जित्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...