नेपालको अर्को जित

जर्मनीको दसलदर्फ जारी विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालले जित हात पारेको छ । महिला डबल्समा नेपालका नविता श्रेष्ठ र स्वेच्छा नेम्वाङको जोडीले डोमिनिकन रिपब्लिकलाई ३–० ले पराजित गरेको नेपाली टोलीसंगै जर्मनीमा रहेका अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जनाएका छन् ।

यसअघि मिक्स डबल्समा नेपालका अमरलाल मल्ल र नवीता श्रेष्ठको जोडीले बंगलादेशी जोडीलाई ३–० हराएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...