निशि र सुस्मिता फाइनलमा

श्री ज्ञान मन्दिरकी निशि अवाले र विजेश्वरीकी सुस्मिता खड्का प्रथम सान उपत्यकाव्यापी अन्तर कलेज तथा विद्यालय टेबलटेनिस प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा निशिले प्रभातकी आरती सुवाललाई ११–४, ११–६ र ११–७ तथा सुस्मिताले ज्ञान मन्दिरकी त्रिशा महर्जनलाई ११–३, ११–५ र ११–४ को सोझो सेटमा पराजित गरे ।

गल्र्स टिम इभेन्टमा स्वर्णिमले चिल्ड्रेन गार्डेन तथा विजेश्वरीले अल्का पुरीलाई समान ३–० को नतिजामा हराउदै फाइनलमा स्थान पक्का गरे । सोही स्पर्धाको ब्वाइजमा एभीएम, एभरेष्ट, चिल्ड्रेन गार्डेन र प्रोक्सिमा सेमिफाइनलमा पुगे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा तीनदिनसम्म चल्ने प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...