टेटे टोली जर्मनी जाने

विश्व टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार जर्मनीको दसलदर्फ प्रस्थान गर्दैछ ।मे २९ देखि जुन ५ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा शिवसुन्दर गोथे र अमरलाल मल्ल तथा महिलामा नवीता श्रेष्ठ र स्वेच्छा नेम्वाङ रहेका छन् । टिम व्यवस्थापकमा नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य छन् । अध्यक्ष वैद्यले त्यस दौरान विश्व टेबलटेनिस महासंघको साधारणसभामा पनि भाग लिने बताइएको छ ।

नेपाली खेलाडीले सिंगल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...