स्व.घनश्याम राई प्रति श्रद्धान्जली

काठमाडौं (खेलदैनिक) । टेबल टेनिसका सहायक प्रशिक्षक स्व. घनश्याम राईको निधनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा श्रद्धान्जली सभाको आयोजना गरिएको छ ।

राखेपका बोर्ड सदस्य सुभाष श्रेष्ठ, प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभाग प्रमुद अर्जून बि.क., राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई, शाखा प्रमुख, प्रमुख प्रशिक्षक, प्रशिक्षक तथा कर्मचारीहरुले स्व. राईको तस्विरमा फुलमाला तथा अबिरले श्रद्धान्जली ब्यक्त गरे ।

त्यस अघि स्व. राईको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो । राखेप तालिम तथा प्रशिक्षण विभाग अन्तरगत कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत राईको २०७८ माघ १२ गते असामयिक निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...