पुर्णमान वज्राचार्य स्मृति टेटेलाई केबी सामको साथ

काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितालाई केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. ले मुख्य प्रायोजन गर्ने भएको छ ।

मुख्य प्रायोजनवापत प्रा.लि. ले आयोजक संघलाई २ लाख रुपैयाँ प्रदान गरेको छ । प्रा.लि. का अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यलाई सो रकम बराबरको चेक शुक्रबार क कार्यक्रमबीच हस्तान्तरण गरे ।

चेक हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत बेगानीले सामाजिक उत्तर दायित्यअन्तर्गत प्रतियोगितालाई सहयोग गरेको बताउदै खेलकुदसंग जोडिन पाउँदा खुशी लागेको बताए । प्रमुख कार्यकारी अधिकृत बेगानीले सहयोग थोरै भएपनि प्रतियोगिता आयोजना गर्न केहि सहज हुने बताए ।

अध्यक्ष वज्राचार्यले मुख्य प्रायोजनका लागि प्रा.लि. लाई धन्यवाद दिदै यस्तै सहयोगले खेलकुद गतिविधिलाई अगाडि बढाउन टेवा पुग्ने धारणा व्यक्त गरे ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता माघ १ गतेदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदै छ । खुला पुरुष÷महिला सिंगल्ससहित पुरुष÷महिला भेट्रान, पारा, स्कुल, कलेज र खेलकुद पत्रकार स्पर्धा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

खुला पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रो हुने दुईले १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

अखिल नेपाल टेबलटेनिस संघको वार्षिक क्यालेन्डर अनुसार हुन लागेको प्रतियोगितामा करिब ७ सय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...