नेपालले पायो विशेष टेबल टेनिस कार्यक्रम

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघले अखिल नेपाल टेबल टेनिस संघलाई माई जेन्डर माई स्ट्रेन्थ नामक बिशेष टेबल टेनिस कार्यक्रम प्रदान गरेको संघले जनाएको छ ।

बिशेष गरि महिला जुनियर खेलाडीहरुलाई सशक्तिकरण गर्ने लक्ष्य सहित प्रदान गरिएको कार्यक्रम अन्तरगत स्कुलका शिक्षकहरुलाई पनि प्रारम्भिक टेबल टेनिस खेल सम्वन्धि प्रशिक्षण प्रदान गरिनुका साथै निर्णायक तालिम पनि प्रदान गरिने संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् ।

उपाध्यक्ष बज्राचार्यको संयोजकत्वमा कार्तिक ६ देखि १२ गते सम्म संचालन हुने कार्यक्रम काठमाण्डौ र बिराटनगर गरि दुई स्थानमा संचालन गरिने छ ।

अत्याधिक महिला खेलाडीहरुलाई सहभागिता गराईने उक्त कार्यक्रको ब्यवस्थापन तथा प्रशिक्षण प्रमुख प्रशिक्षक संजीव ढुङ्गेलको नेतृत्वमा पूर्व महिला राष्ट्रिय च्याम्पियन एवं प्रशिक्षक सन्ध्या शाक्य, मुना बासुकला र विकेन थापाले राष्ट्रिय प्रशिक्षण केन्द्र, लैनचौर र बिराटनगरको कभर्डहलमा प्रदान गर्ने कार्यक्रम रहेको उपाध्यक्ष बज्राचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...