नेपाललाई टेबल टेनिसमा सफलता

काठमाडौं (खेलदैनिक) । कतारको दोहामा भइरहेको २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्वपूर्ण जित निकालेको छ । नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३–१ को जित रचेको छ ।

त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल मल्ले चुनौती पेस गरेका थिए । यस्तै मेन्स डबल्समा स्यान्टु र विनेशको जोडीले कतारी टिमलाई ३–१ ले पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छन् ।

कतारले एसियाली स्तरको टेबल टेनिस प्रतियोगिता आयोजना गरेको यो दोस्रो अवसर मात्र हो । कतारमै एसियाली टेबल टेनिस युनियनको साधारण सभा पनि हुनेछ र त्यसमा नेपालका तर्फबाट अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले भाग लिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...