वल्र्ड टेबल टेनिस डेमा विशेष कार्यक्रम हुने

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय टेबल टेनिस फाउन्डेसन र विराटनगर टेबल टेनिसको आयोजनामा अप्रिल ६ ‘वल्र्ड टेबल टेनिस डे’ मा विराटनगरमा विशेष कार्यक्रम हुने भएको छ ।

‘महिला शसक्तिकरण र लंैगिक समानता’ मूल नारासहित हुने त्यस कार्यक्रममा माध्यमिक विद्यालय, उच्च माध्यमिकन विद्यालय र महिला पारा टेबल टेनिस खेलाडीलाई प्रशिक्षण दिइनेछ । यस्तै समूहगत स्पर्धामा पनि प्रतियोगिता हुनेछन् ।

अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यका अनुसार काउन्डेसनले विशेष कार्यक्रमका लागि नेपाललाई पनि रोजेको हो । यसअघि संघले फाउन्डेसनमा कार्यक्रमका लागि छनोट गर्न अनुरोध सहितको कार्यक्रमको विवरण पठाएको थियो ।

संघको आयोजनामा यसअघि पनि ‘वल्र्ड टेबल टेनिस डे’ का अवसरमा विधिध कार्यक्रम आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...