शाहीलाई नयाँ जिम्मेवारी

सदस्य–सचिव रमेशकुमार सिलवाल (दायाँ) सदस्य सुदिल शाहीलाई पत्र हस्तान्तरण गर्दै ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ ।

‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत संभार र निर्माण कार्यको रेखदेख र प्रवद्र्धन गर्ने गरी तपाईंलाई जिम्मेवारी दिइएको छ ।’ राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

सोही अवसरमा सदस्य–सचिव सिलवालले सदस्य शाहीलाई पत्र हस्तान्तरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...