स्मितलाई उपाधि

हेटौंडा (खेलदैनिक) । प्याव्सन मकवानपुरको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले आयोजना गरेको टेबुलटेनिस प्रतियोगितामा जिएस निकेतन विद्यालयका स्मित श्रेष्ठ प्रथम भएका छन् ।

शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा उनले आफ्नै विद्यालयका प्रतिद्वन्द्वी दिक्षित खनाललाई २५–२० र २५–१७ को सोझो सेटले पराजित गरेका थिए । सेमिफाइनल खेलमा जीएसका स्मिथले नवोदय विद्यालयका अंशु पटेललाई र जिएसका दिक्षितले नवोदयका सुभम पोखरेललाई पराजित गरी फाइनलको यात्रा तय गरेका थिए ।

प्रतियोगितामा नवोदयका शुभम पोखरेल तृतीय भए । प्रतियोगितामा क्रमश प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई नवोदय शिशु सदन विद्यालयका निर्देशक दीपेश जोशी र बागमती प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिनाले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा १३ विद्यालयका २५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । नवोदय शिशु सदन विद्यालयका निर्देशक दीपेश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मती प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...