राष्ट्रिय खेलाडी स्वेच्छाले गरीन् आफ्नै व्यवसायको शुरुवात

न्यु सौभाग्य ज्वेलरीको उद्घाटन गर्दै टेबलटेनिस प्रमुख प्रशिक्षक विनोद शाक्य ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय टेबलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले अर्को सुन पसल सञ्चालन गरेकी छिन् । न्यु सौभाग्य ज्वेलरीको टेबलटेनिस मुख्य प्रशिक्षक एवं स्वेच्छाका सुरुआतका गुरु विनोद शाक्यले बुधबार उद्घाटन गरे ।

करिब ५० लाखको एकल लगानीमा सिमानमंगलमा पसल खोलिएको स्वेच्छाले जानकारी गराइन् । स्वेच्छका अनुसार त्यहाँ कारखाना पनि खोलिएको छ । यसअघि स्वेच्छले पार्टनरसंग मिलेर करिब ३ वर्षअघि सौभाग्य ज्वेलर्स पुरानो बानेश्वरमा खालेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस

Loading...