अपेक्षा र विकिन च्याम्पियन

काठमाडौं (खेलदैनिक) । कौशल स्कुलकी अपेक्षा थापा र सिर्जना ज्ञानसागर स्कुलका विकिन पोखरेल पाँचौं ओप्स टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । अर्जनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजना र पुष्पकुञ्ज स्कुलको संयोजनमा भएको प्रतियोगितामा अपेक्षा सिनियर छात्रा र विकिन सिनियर छात्रमा च्याम्पियन बनेका हुन् ।

सिनियर छात्रामा ज्ञान मन्दिरकी सोनिका कार्की दोस्रो, तथा सिर्जना ज्ञानसागरका सुजिता सुनवार र प्रगतिकी विनिता तामाङ तेस्रो भए । छात्रमा पुष्पकुञ्जका प्रतीक सुब्बा दोस्रो तथा ज्ञान मन्दिरका शौरभ थापा मगर र नर्थ प्वाइन्टका अनमोल मल्ल ठकुरी तेस्रो बने ।

जुिनयर छात्रमा ज्ञान मन्दिरका सागर ढकाल, एन्जल हर्टका युवराज खत्री, प्रगतिका तासिम हुसेन र सिर्जना ज्ञानसागरका विहान अधिकारी क्रमशःपहिलो दोस्रो र तेस्रो भए ।

विजेतालाई प्याब्सन प्रदेश ३ का अध्यक्ष थकिनकुमार गुरुङ र पुष्पकुञ्जका प्रिन्सिपल एकबहादुर आलेले पुरस्कार प्रदान गरे । एकदिने प्रतियोगितामा सिनियर छात्रमा १८, छात्रामा ११ र जुनियर छात्रमा १६ विद्यालयको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...