टेटे खेलाडीहरु छानिए

टेबलटेनिसको छनोट प्रतिोगिताको उद्घाटन गर्ने क्रममा सिजरिन शाह (बायाँ) र गीता क्षेत्री खेल खेल्दै ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सका लागि प्रदेश ३ बाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी बुधबार छनोट भएका छन् ।

प्रदेश नम्बर ३ खेलकुद परिषद्ले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुषमा काठमाडौंका सिद्धार्थ तामाङ, भक्तपुरका रोमन थापा मगर, काठमाडौंका एद«ेन शाही र ललितपुरका एलेन महर्जन छनोट भए । महिलामा भक्तपुरकी दिया देउला, ललितपुरकी वियङका राई र इभाना थापा तथा काठमाडौंकी सुस्मिता खड्का छानिए ।

प्रतियोगिताको पाँचौं दक्षिण एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला टिम इभेन्टमा स्वर्ण जितेका सिजरिन शाह र गीता क्षेत्रीले खेल खेलेर संयुक्त रुपमा उद्घाटन गरे । एकदिने प्रतियोगितामा २४ खेलाडीको सहभागिता रहेको थियो । उपराष्ट्रपति चिल्ड्रेन गेम्स ललितपुरमा जेठ १३ र १४ गते हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...