चौथो पारा टेबल टेनिस सम्पन्न

पारा टेबलटेनिसका पदक विजेता ।

बिराटनगर (खेलदैनिक) । चौथो पारा टेबुल टेनिस प्रतियोगीताको महिला एकल स्ट्याण्डिङतर्फ रिया दाहालले स्वर्ण जितेकी छिन् । मंगलबार बिराटनगर टेबल टेनिस कभर्ड हलमा सम्पन्न खेलमा रियाले पुनम राजबंशीलाई ११–५, ११–७ र १२–१० ले पराजित गर्दै स्वर्ण हात पारीन् ।

पुरुष एकल व्हीलचेयरतर्फ राम कुमार साहनीले सोनु दासलाइ ११–४, ११–६ र ११–५ ले हराउँदै प्रथम स्थान हासिल गरे । सोही इभेन्टमा सन्जय थापा र मजाहिद अन्सारीले संयुक्त रुपमा तेस्रो स्थान हासिल गरे ।

त्यसैगरी पुरुष एकल स्ट्याण्डिङतर्फ ३ पल्टका राष्ट्रिय च्याम्पियन बिबेक राइले स्वीकृत न्यौपानेलाई ११–९, ११–५ र ११–९ ले पराजित गरि प्रथम स्थान हासिल गरे । सोही इभेन्टमा मोहन कुमार योङ हाङ र दिपक बस्नेत संयुक्त रुपमा तेस्रो घोषित भए ।

त्यसअघि प्रतियोगीताको उद्घाटन राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशव बिष्टले गरेका थिए भने समापन तथा पुरस्कार बितरण बिराटनगर महानगरपालिकाकी उप–मेयर इन्दिरा कार्कीले गरेकी थिइृन् ।


प्रतिक्रिया दिनुहोस

Loading...