प्रहरीका स्यान्टु र नवीता च्याम्पियन

पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिसका सिंगल्स विजेता स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ ।

काठमाडौं (खेलदैनिक) । नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनलमा स्यान्टुले एपीएफका अमरलाल मल्ललाई ६–११, ११–७, ११–९, ११–४, ८–११ र ११–७ को सेटमा पराजित गरे । काठमाडौंका चन्दन शाही र एपीएफका शिवसुन्दर गोथे संयुक्त रुपमा तेश्रो भए ।

महिला सिंगल्सको उपाधि भिडन्तमा नविताले टाइम्स इन्टरनेसनलकी रविना महर्जनलाई ११–७, ११–१३, ११–७, ११–८ र ११–३ को सेटमा हराइन् । प्रहरीकी एलिना महर्जन र एपीएफकी सेलिशा खड्गी तेश्रो भए । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५÷५ हजार नगद पुरस्कार हात पारे ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि उमेश मानन्धर, ५० वर्षमाथि कपुर शर्मा र ६० वर्षमाथि उदयमोहन श्रेष्ठ पहिलो भए ।

स्कुलतर्फ डबल्सको ब्वाइजमा एन्जल लर्डका स्वीकार लामा र निमेश लिम्बू तथा गल्र्समा ह्वाइटफिल्डकी कृतिका अग्रवाल र दिया मगैयाको जोडी पहिलो भए ।


प्रतिक्रिया दिनुहोस

Loading...