युवराज र स्मृतिलाई स्वर्ण

राष्ट्रिय साउन्ड टेबलटेनिसमा सिंगल्स विजेता युवराज लामा र स्मृति कोइराला सदस्य–सचिव केशवकुमार विष्टसंग तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । युवराज लामा र स्मृति कोइरालाले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय साउन्ड टेबलटेनिस प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल दृष्टिविहीन साउन्ड टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा प्रदेश ३ का युवराजले प्रदेश १ का प्रेम लिम्बूलाई १२–१० र ११–७ को सोझो सेटमा पराजित गरे । प्रदेश १ का छत्रबहादुर तामाङ र प्रदेश २ का लक्षमेश्वर महतो तेश्रो भए ।

सानो गौचरणस्थित काठमाडौं जिल्ला खेलकुद विकास समितिको हलमा भएको महिला सिंगल्स उपाधि भिडन्तमा प्रदेश १ की स्मृतिले प्रदेश ५ की जल्शा सापकोटालाई ११–७ र ११–८ को सीधा सेटमा हराइन् ।

पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र १÷१ हजारका दरले नगद पुरस्कार हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव कुमार पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा ५६ खेलाडीले पुरुष÷महिला सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...