टेबलटेनिसमा एलए च्याम्पियन

एलए नेट च्याम्पियनसिपअन्तर्गत टेबलटेनिसमा टिम च्याम्पियन बनेको एलए टोली ।

काठमाडौं (खेलदैनिक) । आयोजक लिटिल एन्जल्स स्कुल (एलए) तेश्रो एलए नेट च्याम्पियनसिपअन्तर्गत टेबलटेनिसतर्फ बुधबार टिम च्याम्पियन बनेको छ । एलए ४१ अंकसाथ समग्रमा टिम च्याम्पियन बनेको हो । २० अंकमा पुष्पसदन दोश्रो तथा १९ अंकमा त्रियोग तेश्रो भए ।

बास्केटबलको सिनियर ब्वाइजमा एलआरआई पहिलो भयो । फाइनलमा एलआरआईले पुष्पसदनलाई ४६–२८ ले पराजित गर्यो । सिनियर गल्र्स फाइनलमा रातो बंगलाले सेन्ट जेभियर्स जावलाखेललाई २२–९ ले हराउदै उपाधि जित्यो । जुनियर ब्वाइजमा पुष्पसदन च्याम्पियन बन्यो । फाइनलमा पुष्पसदनले रातो बंगलाको चुनौती २७–२५ ले समाप्त पार्यो ।

ब्वाइज फुटबलमा सैनिक आवसिय महाविद्यालय पहिलो भयो । फाइनलमा सैनिकले एपीएफलाई ४–१ गोलले निराश पार्यो । ब्वाइज भलिबलमा एपीएफ पहिलो र माउन्ट ओलिभ दोश्रो बने ।

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, सांसद एवं एलएका संस्थापक उमेश श्रेष्ठ, एलएका फाइनान्स डाइरेक्वटर राजेश श्रेष्ठ, एलएका प्रिन्सिपल मुकुन्दराज शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...