राष्ट्रिय टेबलटेनिसमा विभागीय वर्चस्व कायमै

काठमाडौं (खेलदैनिक) । राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा विभागीय टोलीको आफ्नो वर्चस्व कायम रहेको छ ।

प्रतियोगिताको दोस्रो दिन बिहीबार भएको डबल्स तर्फको इभेन्टमा विभागीय टोली पुलिस, आर्मी र एपीएफ जिल्लाका प्रतिद्वन्द्वीमाथि हावी रहे । दिनको अन्त्यतिर भएको पुरुष र महिला सिंगल्समा पनि विभागीय खेलाडीले अर्को चरण पार गरे । महिला डबल्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मिक्स डबल्समा आर्मीका चन्दन शाही र स्वेच्छा नेम्वाङ, प्रहरीका दीप साउन र नविता श्रेष्ठ, एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल, एपीएफकै अमरलाल मल्ल र सेलिशा खड्गी, प्रहरीका श्यान्टु श्रेष्ठ र एलिना महर्जन, आर्मीका कृष्ण थापा मगर र दीक्षा तामाङ, सुनसरीका गणेश तामाङ र रुपा लिम्बू तथा सुनसरीका राजन सुब्बा र गीता भुजेलको जोडी क्वाटरफाइनल पुगे ।

पुलिसका राकेश महर्जन प्रतिस्पर्धाका क्रममा ।

पुरुष डबल्समा प्रहरीका विनेश खनियाँ र प्रदीप रोका, प्रहरीका श्यान्टु श्रेष्ठ र दीप साउन , मोरङका सन्तोष काफ्ले र प्रवेश न्यौपाने, आर्मीका कृष्ण थापा मगर र नारायण घिमिरे, एपीएफका अमरलाल मल्ल र पुरुषोत्तम वज्राचार्य, ललितपुरका रितिज जोशी र विपुल महर्जन, धनुषाका नवीनबहादुर सिंह र दीपकबहादुर सिंह तथा भक्तपुरका विवेक कवान र रजोजमान थाकुको जोडीले क्वाटरफाइनल यात्रा तय गरे ।

महिला डबल्समा नेपाल प्रहरीका एलिना महर्जन र नविता श्रेष्ठ, आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जन, प्रहरीका सोनु थापा मगर र मन्जु सुवाल, एपीएफका सेलिाशा खड्गी र सिक्का सुवाल, आर्मीका दीक्षा दाहाल र दीक्षा तामाङ, सुनसरीका गीता भुजेल र रुपा लिम्बू, रुपन्देहीका अमृता थापा र गीता अर्याल तथा ललितपुरका अनुष्का प्रसाईं र लस्ता महर्जनको जोडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

तस्बिर : एएनटिटिए


प्रतिक्रिया दिनुहोस

Loading...