
जापान जाने भेट्रान टेबलटेनिस टोली ।
काठमाडौं (खेलदैनिक) । हिमालयन बिल्डर्स एन्ड इन्जिनियरिङ प्रा.लि. ले ११ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई नगद प्रायोजन गरेको छ ।
चार सदस्यीय नेपाली टोलीलाई हवाइ टिकट वापत ३ लाख ५० हजार रुपैयाँ प्रायोजन गरिएको प्रा.लि. का म्यानेजर सुमेश प्याकुरेलले जानकारी गराए ।
जापानको सिजुओकामा डिसेम्बर ७ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगतामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही, राजेन्द्र कपाली, सुरेश वज्राचार्य र राजेन्द्र वज्राचार्यले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुले ४० वर्षमाथि उमेरसमूहको सिंगल्स र टिम इभेन्टमा भाग लिने छन् ।
मंगलबार जापान प्रस्थान गरेको टोलीलाई प्रा.लि. का म्यानेजर प्याकुरेललगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ समेत ग¥यो ।