श्रीलंकामा नेपालका जित

प्रतियोगितामा सहभागी हुन श्रीलंका पुगेका नेपाली टोली ।

काठमाडौं (खेलदैनिक) नेपालले श्रीलंकाको कोलम्बोमा भइरहेको दोश्रो दक्षिण एसियाली भेट्रान टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार जित हात पारेको छ ।

नेपालले भारतलाई ३–२ ले पराजित गरेको प्रतियोगितामा सहभागी मध्येका एक प्रतिस्पर्धी धर्ममान वज्राचार्यले जनाएका छन् । गत वर्ष काठमाडौंमै भएको पहिलो संस्करणमा नेपाली पुरुष टिमले सो स्पर्धामा स्वर्ण जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...