प्रधानमन्त्री कप खेलदुदमा करण र दीपिकालाई स्वर्ण

प्रधामन्त्री कप विश्व विद्यालय खेलकुदको टेबलटेनिसका छात्रा डबल्स विजेता इशिका रेग्मी (बायाँ) र दीपिका श्रेष्ठ जितपछि ।

काठमाडौं (खेलदैनिक) । काठमाडौं विश्व विद्यालयका करण राई र काठमाडौं विश्व विद्यालयकै दीपिका श्रेष्ठले दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदको टेबलटेनिसमा शुक्रबार स्वर्ण जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको ४ खेलाडी सहभागी सुपर लिगको छात्र सिंगल्समा करणले ३ खेले जिते । २ खेल जितेका त्रिभूवन विश्व विद्यालयका भावुक जोशी दोश्रो भए । पोखरा विश्व विद्यालयका विवेक कवा र मध्यपश्चिमाञ्चल विश्व विद्यालयका रोशन चौलागाईं संयुक्त रुपमा तेश्रो भए ।

सुपर लिग राउन्ड रोविन लिगका आधारमा भएको थियो ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रा सिंगल्समा पनि काठमाडौंकी दीपिकाले शत प्रतिशत जित निकालिन् । काठमाडौंकै इशिका रेग्मीले २ खेल जितिन् र दोश्रो भइन् । कृषि तथा वन विश्व विद्यालयका निशा श्रेष्ठ र दिब्या श्रेष्ठले तेश्रो स्थानमा चित्त बुझाए ।

छात्र डबल्सको उपाधि काठमाडौंका करण राई र युगेश राईको जोडीले जिते । उक्त जोडीले फाइनलमा पोखराका विवेक कवा र दीपक गिरीको जोडीलाई ११–९, ११–८, ९–११ र ११–७ को सेटमा पराजित गरे । सोही स्पर्धाको छात्रामा काठमाडौंका इशिका रेग्मी र दीपिका श्रेष्ठको जोडी च्याम्पियन बने ।

उपाधि भिडन्तमा उनीहरुले कृषिका निशा श्रेष्ठ र दिब्या श्रेष्ठको जोडीलाई ११–३, ११–८ र ११–६ को सोझो सेटमा हराए ।

भलिबल : सेमिफाइनल समीकरण पूरा

विश्वविद्यालय खेलकुदअन्तर्गत त्रिपुरेशवरस्थित राखेपको कभर्डहलमा भएको छात्र भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ ।

मध्यपश्चिमाञ्चलले सुदूरपश्मिाञ्चल विरुद्ध प्रतिस्पर्धा गर्नेछ भने काठमाडौंको भेट त्रिभूवनसंग हुनेछ ।लिग खेलमा त्रिभूवनले दोहोरो जित निकाल्ने क्रममा पूर्वाञ्चललाई २५–११ र २५–१८ तथा सुदूरपश्चिमाञ्चललाई २५–११ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो ।

अन्य समूह चरणको खेलमा पोखराले संस्कृत विश्व विद्यालयलाई २५–१३ र २५–१०, काठमाडौंले पनि संस्कृतलाई नै १८–२५, २५–२० र २५–१९, पूर्वाञ्चलले कृषिलाई २५–२३, २२–२५ र २५–१४ तथा मध्यपश्चिमाञ्चलले पोखरालाई २५–१३ र २५–१५ को सेटमा निराश पारे ।

व्याडमिन्टन जीवन र अमिता च्याम्पियन

विश्व विद्यालय खेलकुदअन्तर्गत ब्याडमिन्टनको सिंगल्सतर्फ त्रिभूवनका जीवन आचार्य र पोखराकी अमिता गिरी च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छात्र फाइनलमा जीवनले आफ्नै विश्व विद्यालयका नीरविक्रम देवकोटालाई २१–१८ र २१–१३ को सोझो सेटमा पाखा लगाए ।

छात्राको फाइनलमा अमिताले सुदूरपश्चिमाञ्चलकी गंगा विष्टको चुनौती २४–२२ र २१–८ ले समाप्त पारिन् । छात्रा डबल्सको फाइनलमा अमिताले सोनी गुप्तासंग मिलेर त्रिभूवनका फिजी बानियाँ र तारा आलेको जोडीलाई २१–७, १६–२१ र २१–१८ को सेटमा हराउदै अर्को स्वर्ण हात पारिन् । त्यस्तै दोहोरो स्वर्ण चुम्न जीवनले साथी नीरसंग मिलेर पोखराका सैलेश दाहाल र सञ्जय राना मगरको जोडीलाई छात्र डबल्सको फाइनलमा पाखा लगाए ।


प्रतिक्रिया दिनुहोस

Loading...