पुरुषतर्फ डिगमसिंहलाई स्वर्ण

राष्ट्रिय पारा टेबलटेनिसका स्वर्ण विजेता बायाँबाट निरुता मगर, डिगमसिंह चेम्जोङ र विवेक राई ट्रफीसाथ ।

काठमाडौं (खेलदैनिक) । डिगमसिंह चेम्जोङले चौथो राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिताको पुरुष व्हीलचेयरतर्फ शनिबार स्वर्ण जितेका छन् । जोरपाटीमा भएको फाइनलमा डिगमले लक्ष्मण राना मगरलाई ९–११, ११–१३, ११–७, ११–५ र ११–३ को सेटमा पराजित गरे ।

राष्ट्रिय खेलकुद परिषद् र नेपाल पारा ओलम्पिक कमिटीको सहयोगमा राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला सिंगल्समा विवेक राई पहिलो भए । उनले मनोज थापालाई ११–६, ११–५ र ११–६ को सोझो सेटमा हराए ।

महिला खुला सिंगल्स फाइनलमा निरुता मगरले आशा हमाललाई ८–११, ११–५, ११–५, ९–११ र ११–७ को सेटमा पाखा लगाउदै स्वर्ण हात पारिन् । तीनै स्पर्धाका विजेताले ३ हजार र उपविजेताले २ हजार नगद पुरस्कार हात पारे । एकदिने प्रतियोगितामा ६५ खेलाडी सहभागी थिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...