टेटे खेलाडी सिक्का श्रीलंकातर्फ प्रस्थान

टेबलटेनिस खेलाडी सिक्का सुवाल (बायाँ) बिदाइपछि एभीएम प्रिन्सिपल सुजिता मानन्धरसंग ।

काठमाडौं (खेलदैनिक)  टेबलटेनिस खेलाडी सिक्का सुवाल मंगलबार श्रीलंका प्रस्थान गरेकी छिन् ।

त्यहाँस्थित वेस्टर्न प्रोभिन्स टेबलटेनिस संघको निमन्त्रणामा मैत्रीपूर्ण खेल खेल्न र तालिममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको टेबलटेनिस राष्ट्रिय खेलाडी एवं आदर्श विद्या मन्दिर (एभीएम) का प्रशिक्षक पुरुषोत्तम वज्राचार्यले जनाएका छन् ।

सिक्कालाई एभीएमकी प्रिन्सिपल सुजिता मानन्धरले बिदाइ गरिन् । सिक्का जुलाई ५ देखि १० तारिखसम्म श्रीलंकामा रहने छिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...