पूर्णमान वज्राचार्य टेबलटेनिस साउनमा

काठमाडौं (खेलदैनिक) । नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता साउन १७ गतेदेखि हुने भएको छ ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा पाँच दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न २७ स्पर्धामा प्रतिस्पर्धा हुने स्व. पूर्णमानका छोरा एवं आयोजक संघका अध्यक्ष धर्ममानले जनाएका छन् ।

स्कुलमा ८, कलेज र भेट्रानमा ४–४, खुला र मिडियामा २–२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला सिंगल्समा प्रतिस्पर्धा हुने खुला स्पर्धामा नगद पुरस्कार पनि राखिएको छ । शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

‘सबैका लागि टेबलटेनिस’ नारा दिइएको प्रतियोगितामा पारातर्फ पनि खेल हुनेछ । शारीरिक अपाङ्गमा ३ तथा बहिरा र दृष्टिविहीनमा २–२ स्पर्धा राखिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...