शिरिष फाउण्डेशन र ह्याम्स अस्पताल अब एक साथ

काठमाडौं (खेलदैनिक) । नेपाली पौडी खेलाडी ओलम्पियन शिरिष गुरुङ्गद्वारा स्थापित शिरिष फाउण्डेशन र ह्याम्स अस्पताल एक साथ अगाडी बढ्ने भएका छन् ।

बिहिबार एक कार्यक्रम विच फाउण्डेशनका अध्यक्ष शिरिष गुरुङ्ग र ह्याम्स अस्पतालका निर्देशक भक्त प्रल्हाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।सम्झौता पत्रका अनुसार फाउण्डेशनको सिफारिसमा खेलाडीहरुलाई अस्पतालले प्रदान गर्ने सेवा सुविधा निशुल्क प्रदान गर्ने भएको छ ।

यो सम्झौता पहिलो चरणमा एक बर्षको लागि हुने समेत सम्झौता पत्रमा उल्लेखित गरिएको छ । फाउण्डेशनसँग हातेमालो गर्दै हिंड्ने क्रममा फाउण्डेशनको अफिसियल पार्टनरको रुपमा फाउण्डेशनले अस्पताललाई साथ साथै लानु पर्ने समेत सम्झौता पत्रमा उल्लेख छ ।

उक्त कार्यक्रममा बोल्दै ह्याम्सका निर्देशक पाण्डेले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरु सँग संस्थालाई जोड्न पाउंदा आफु गौरवान्वित भएको भन्दै आफुलाई सामाजिक दायित्वमा लगाउन पाएकोमा खुशी व्यक्त गरे । फाउण्डेशनका अध्यक्ष गुरुङ्गले यस सम्झौता पश्चात खेलाडीहरुले खर्चको अभावका कारण स्वास्थ्य सेवा लिनबाट बन्चित हुन नपर्ने बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आफुहरु सदा खेलाडीहरुको हक हितको लागि लागीपरिरहेको भन्दै आफुहरुले विभिन्न चरणमा खेलाडीहरुको स्वास्थ्य परिक्षण अत्यावश्यक रहेको भन्दै आवाज उठाउंदै आईरहेकोमा यस सम्झौताले केहि राहत पुराएको बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...