
(तस्विर : गुगल)
काठमाडौं (खेलदैनिक) । लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा १७ औं एलए कप अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ६० विद्यालयका करिब ३ सय खेलाडीको सहभागिता रहने एलएका इसीए इन्चार्ज विजयप्रकाश महर्जनले जनाएका छन् । नेपालगन्जबाट पनि टिम सहभागी हुनेछ ।
ब्वाइज/गल्र्समा समान २५–२५ गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु हात्तीवनस्थित एलएकै पौडी पोखरीमा हुनेछ । गत संस्करणको उपाधि लिङकन स्कुलले जितेको थियो ।