१३औं सागः स्क्वासमा नेपाल तेश्रो

काठमाडौं (खेलदैनिक) । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्क्वासको पुरुष–महिला दुवैको टिम इभेन्टमा मंगलबार तेश्रो भएको छ ।

पुरुषमा अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन र दीपक थापा तथा महिलामा कृष्णा थापा, भावना सुनुवार, विपना ब्लोन र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

नेपालसंगै पुरुष–महिला दुवैमा श्रीलंका पनि तेश्रो भयो । पुरुषमा पाकिस्तान पहिलो तथा भारत दोश्रो भए । महिलामा भारतले स्वर्ण तथा पाकिस्तानले रजत जिते ।


प्रतिक्रिया दिनुहोस

Loading...