Posts
नेपाली उसुकर्मी दक्षिण एसियाली उसुमा
नेपाल उसु संघका चार पदाधिकारी दक्षिण एसियाली उसु महासंघको विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण एसियाली उसु महासंघको कोंग्रसबाट उसु संघबाट चार पदाधिकारी महासंघमा निर्विरोध निर्वाचित भएका हुन् । नेपाल उसु संघका अनुसार महासंघको कोंग्रेसबाट वीरबहादुर तामाङ उपाध्यक्ष, दीपक लामा कोषाध्यक्ष तथा राजिव महर्जन र प्रताप थापा सदस्यमा चयन […]
राम अवालेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन
नेपाल बक्सिङको चौथो महाधिबेशनले राम अवालेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौमा सम्पन्न महाधिबेशनले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा काठमाडौका अर्जुनबहादुर के.सी र झापाका भोजराज सिटौला निर्विरोध निर्वाचित भएका हुन । केसी र सिटौला यस अघि पनि संघका उपाध्यक्ष हुन् । त्यस्तै महासचिवमा मकवानपुरका सविन भट्टचार्य चयन भएका […]
काम नगर्नेको तलब रोक्का हुन्छ : सदस्य–सचिव केशवकुमार विष्ट
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले काम नगरी तलब मात्र बुझ्ने प्रशिक्षकको तलब रोक्का हुने बताएका छन् । सातौं राष्ट्रिय खेलकुद र नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं सागको आयोजनालाई कसरी प्रभावकारी, व्यवस्थित र उपलब्धीमूलक बनाउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन गर्न आयोजित अन्तरक्रियामा सदस्य–सचिव विष्टले भने– ‘जुन प्रशिक्षकले खेलाडीलाई प्रशिक्षण नै नगराइ […]
सागमा पदक जित्ने ललितपुरका कराते खेलाडी सम्मानित
ललितपुर जिल्ला कराते महासंघले आठौंदेखि ११ औं दक्षिण एसियाली खेलकुदमा विभिन्न पदक जित्न सफल ललितपुरका कराते खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । १२ औं सागमा भने कराते समावेश थिएन । आठौं र नवौं संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, आठौंका स्वर्ण विजेताहरु प्रीति डंगोल, रवि महर्जन, गंगाराम महर्जन तथा नीता राई सम्मानित भए । त्यस्तै […]
रेगनलाई स्नुकर उपाधि, उपाधिसंगै १ लाख नगद पुरस्कार हात पारे
बुटवलका रेगन श्रेष्ठले दोश्रो रंगशाला राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ‘बेस्ट अफ इलाभेन’ को फाइनलमा ६–१ ले विजयी हुँदै रेगनले उपाधिसंगै १ लाख नगद पुरस्कार हात पारे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको उपाधि भिडन्तमा रेगनले भक्तपुरका राज कपालीलाई ७८–१३, ७५–२८, ४४–७८, ९२–३५, ८४–३४, १२५–१ र ५८–२४ ले पराजित गरे […]