सोम र रेगन फाइनलमा

सोम लामा र रेगन श्रेष्ठ पावर प्लाजा अल नेपाल ओपन स्नुकर प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

सोमले सञ्जयकुमार मुल्मीलाई ५–२ तथा रेगनले मोती तामाङलाई ५–१ को फ्रेममा पराजित गरे ।

फाइनल बुधबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...