अमन र रेगन सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । फस्ट ब्रेकका अमन कार्की प्रथम चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा अमनले एस स्नुकर हाउसका मिलन लामालाई ८१–५३, ३–८५, ७९–१२, ३८–६६, ७८–२९, ६७–५५, ८८–४५ र ५८–४५ ले पराजित गरे ।

नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठले पनि सेमिफाइनल यात्रा तय गरे । रेगनले एएक्सएनका वाङचु तामाङलाई १०६–७, २८–७६, ८३–३०, १०–१२३, ७७–६७, १–८९, ८०–३७, ७७–२६ र ८७–१४ ले हराए । सेमिफाइनलमा रेगनको भेट अमनसंग हुने छ ।

दुई क्वाटरफाइनल हुन बाँकी छ । सोमबार अजिमाका राजेन लामा र लास्ट ब्रेकका सोम लामा तथा अजिमाका फुरी शेर्पा र एनआरटीका दीपक मगरबीच क्वाटरफाइनल हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...