ओलम्पिक डे प्रतियोगितामा चार किर्तिमान

काठमाडौं (खेलदैनिक) । ओलम्पिक डे को अवसरमा आयोजित उमेर समूह तथा खुला पौडी प्रतियोगितामा उमेर समूहमा बिहिबार चार राष्ट्रिय उमेर समूह किर्तिमान कायम भएका छन् ।

नेपाल पौडी संघको आयोजनमा सातदोवाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको १२ बर्ष मुनीको ब्वाईज ५० मिटर ब्रेष्ट स्ट्रोकमा बिदेशमा अध्ययन गरिरहेका जेनिश महर्जनले ४०.५३ सेकेन्डको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन् ।

यस अघि यस विधामा तरुण भण्डारीको नाममा ४२.५६ सेकेन्डको किर्तिमान थियो । दोश्रो भएका राजर्षी गुरुकुलका आदर्श कार्कीले पनि ४२.०० सेकेन्डका साथ किर्तिमान भंग गरेका थिए । तेश्रो भएका पाठशाला नेपालका तरुण भण्डारीले आफ्नो समयमा सुधार गर्दै ४२.३७ सेकेन्डमा दूरी पार गरेका थिए ।

यस्तै गल्र्स तर्फ पनि जोन डेवीकी डुवाना लामाको नाममा रहेको ४१.७२ सेकेण्डको समयलाई भंग गर्दै प्रिमियरकी उपास्ती महर्जनले ४०.१३ सेकेन्डले रेकर्ड कायम गरिन् । दोश्रो स्थानमा आएकी डुवानाले पनि आफ्नो समयमा ४०.५० सेकेन्डले सुधार गरेकी थिईन् । तेश्रो स्थानमा राजर्षीकी अनुसिया तन्डुकार रहिन् ।

बेष्ट स्ट्रोककै १४ बर्ष मूनीको गल्र्संमा लिंकनकी टिसा शाक्यले आफ्नै नाममा रहेको ४१.०३ सेकेन्डमो समयमा सुधार गर्दै ४०.९१ से.को नयाँ रेकर्ड कायम गरिन् । दोश्रो स्थानमा प्रिमियरकी श्रेबी महर्जन र तेश्रो स्थानमा जोन डेवीकी तेन्जिङ्ग शेर्पा रहिन् ।

५० मिटर फ्रिस्टायल १२ बर्ष मूनीको गल्र्स तर्फ जोन डेवीकी डुवाना लामाले आफ्नै नाममा रहेको ३३.५३ से.को समयमा सुधार गर्दै ३२.४७ से. समयको नयाँ रेकर्ड राखिन् । दोश्रो स्थानमा रहेकी राजर्षीकी अनुसिया तन्डुकार ३३.१२ से.का साथ दोश्रो र प्रिमियरकी उपास्ती महर्जन तेश्रो भए ।

दुई दिने प्रतियोगिताको १० बर्ष मुनीको ब्वाईज ५० मिटर बे्रष्टमा आईडलका लिसन डङ्गोलले ४८.९४ सेकेन्का साथ स्वर्ण प्राप्त गरे । दोश्रो र तेश्रो स्थानमा प्रिमियरका जिबिश पौडेल र डिएभीका अल्भिन महर्जन रहे । यस्तै गल्र्स तर्फ मिडल प्वाईन्टकी रितिना शाक्यले ५२.८४ सेकेन्डका साथ स्वर्ण पदकहात पारिन् । निसर्गका आयुक्ती थापा र राभ्या श्रेष्ठले रजत र काँस्य पदक हात पारे ।

ब्वाईजको १४ बर्ष मूनी ५० मि. ब्रेष्ट स्ट्रोकमा पाठशालाका सागर नायक ३९.५३ से.का साथ पहिलो भए । निसर्गका दिपंकर अवाले दोश्रो र जेम्सका राहुल दर्शन तेश्रो भए ।

१७ बर्षको ब्वाईज ५० मि.ब्रेष्ट स्ट्रोक तर्फ मेरिडियनका बैदज्ञ राज जोशीले ३९.०३ सेकेन्डका साथ स्वर्ण हात पारे भने हिम्सका रिजेन दुलाल र मेरिगोल्डका मनोज बखतीले रजत र काँस्यमा चित्त बुझाए । गल्र्सतर्फ ब्रिटिष स्कुलकी तेन्जीन यिगा लामाले ४७.८४ से.मा दुरी पार गरिन् । हिम्सकी देचेन गुरुङ्गले रजत र युष्का महर्जनले कास्य हात पारिन् ।

५० मिटर फ्रि स्टायल तर्फ १० बर्ष मूनीको ब्वाईजमा प्रिमियरका ईर्भिन श्रेष्ठले ३७.७८ से.का साथ स्वर्ण, डिएभीका अल्मीन महर्जनले रजत र प्रिमियरका जेविश पौडेलले कास्य पाए । गल्र्स तर्फ निसर्गका आयुक्ती थापा र राभ्या श्रेष्ठले स्वर्ण र रजत तथा राजर्षीकी यात्रा के.सी.ले कास्य पाईन् । आयुक्तीले उक्त दूरी ४२.२२ से.मा पुरा गरिन् ।

१२ बर्ष मूनीको ब्वाईजमा ३१.४० सेकेन्डका जेनिश महर्जनले स्वर्ण पाए । पाठशालाका तरुण भन्डारीले रजत र मल्पीका तेन्जिङ्ग नामदोल ¥यान गुरुङ्गले कास्य पाए ।

१४ बर्ष मूनीको ब्वाईजमा राजर्षीका मौलिक महर्जनले ३१.१६ से.मा स्वर्ण पाए । दोश्रो स्थानमा प्रिमियरका आरोग्य जङ्ग थापा र हिम्सका सोनम शेर्पाले समान ३३.५९ से.का साथ संयुक्त दोश्रो भए । गल्र्स तर्फ जोन डेवीकी तेन्जिङ्ग शेर्पाले ३३.९१ से.का साथ स्वर्ण, निसर्गकी समिरा शोभा थापाले रजत र राजर्षीकी अनुष्का पोखरेलले कास्य पाईन् ।

१७ बर्ष मूनीको ब्वाईजमा २८.५३ से.का साथ शिद्धार्थ बनस्थलीका नितेश मानन्धरले स्वर्ण प्राप्त गर्दा हिम्सका रिजेन दुलालले रजत र मेरिगोल्डका मनोज बखतीले कास्य पाए । गल्र्समा ब्रिटिषकी तेन्जिन यिगा लामाले ३५.२२ से.मा स्वर्ण पाईन् । युस्का महर्जनले रजत र हिम्सकी देचेन गुरुङ्गले कास्य पाईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...