परम्परागत धनुषवाण सुरु

indexनेपाल आर्चरी संघको आयोजनामा चौथो परम्परागत धनुषवाण प्रतियोगिता मंगलबारदेखि सीतापाइलामा सुरु भएको छ।

मार्फाली थकाली सेवा सदनको सहयोगमा भइरहेको प्रतियोगितामा ६० पुरुष खेलाडीको सहभागिता रहेको तारा संघका अध्यक्ष लक्ष्मण हिराचनले जनाएका छन् । प्रतियोगताको नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) का महासचिव गोविन्द भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे ।

पहिलो दिन व्यक्तिगत स्पर्धामा म्यागदी मगर समाजका तालबहादुर गर्बुजा ६ अंक, नेपाल छन्त्याल संघका प्रताप छन्त्याल ४ अंक तथा मगर समाजका झग पुर्जा ३ अंकसाथ शीर्ष तीन स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...