अन्नपूण चेसमा पायनीयर च्याम्पियन

१३ औ राष्ट्रब्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुल्ला बुद्धिचाल प्रतियोगितामा पायनीयर स्कुल पहिलो भएको छ । पायनीयरले आठ मध्यका चार स्पर्धामा पहिलो स्थान हात पारेको हो ।

यु–१६ मा पायनीरका सुदिप तामाङ पहिलो भए । सो स्पर्धामा हिमालयन स्कुल भक्तपुरका निकेन कुसाथा दोश्रो तथा किम्सका प्रमित अमात्य तेस्रो भए । छात्र यु–१० मा हिमालयन स्कुल कीर्तिपुरका मनोज घिसिङ पहिलो भए ।

पायनीयरका अंकीत भुजेल दोश्रो तथा पस्पसदन कीर्तिपुरका आदर्श श्रेष्ठ तेस्रो भए । छात्र यु–१२ मा दिपज्योतीका प्रसन्न विक्रम कुवँर पहिलो, महांकाल माविका विजय टमाटा दोश्रो तथा पायनीयरका अनिल लामा तेस्रो भए ।

यु–१४ मा पायनीयरका सौरभ पोख्रेल पहिलो, आयोजक अन्नपूर्णका समिर अन्सारी दोश्रो तथा पायनीयरका सन्देश कटुवाल तेस्रो भए ।

विजयी खेलाडीलाई प्रमुख अतिथी नेपालकालागि युरोपीयन राष्ट्र माल्टाका महाबाणिज्य दूत तथा नेपाल उद्धोग बाणिज्य महासंघका प्रदेश नम्बर तीनका अध्यक्ष एबं आयोजक विद्यालयका ब्यबस्थापन समितीका अध्यक्ष दिनेश श्रेष्ठका बिशेष अतिथी मणीग्राम बहुउद्धेश्य सहकारी संस्थाका कार्यकारी स्रचालक दिपक जोशीले पुरस्कार वितरण गरे ।

विद्यालयका प्राचार्य चन्द प्रकाश राजभण्डारीको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा मुख्य आर्बीटर ज्ञानेन्द खाइजु सहित आयोजक विद्यालयका खेलकुद शिक्षक केशब श्रेष्ठ, पूर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रताप अधिकारी,पूर्व राष्ट्रिय च्याम्पियन सुरबीर लामा र मनीस हमालको साथै क्यान्डीडेट रिजेन्द्र राजभण्डारीको उपस्थिती थियो ।

प्रतियोगितामा ३४ विद्यालयका २८२ खेलाडीको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...