अस्ट्रेलियामा मोहनलाई तेश्रो स्वर्ण

indexकेहि वर्षयता अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

मोहनले एडमन्ड युन संग मिलेर पुरुष नागे नो कातामा स्वर्ण जितेका हुन् । तीन जोडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा मोहन र एडमन्डले ९० प्रतिशत अंक बटुलेका थिए ।

यो स्पर्धामा मोहनले लगातार तेश्रो पटक स्वर्ण जितेका हुन् । भिक्टोरियन जुडो टिमको प्रतिनिधित्व गरेका मोहनले २०१४ र २०१५ को अस्ट्रेलियन राष्ट्रिय जुडोमा पनि स्वर्ण जितेका थिए । मोहनले अस्ट्रेलियामा सेन्सी जुडो एकेडेमी र बेन्डिगो जुडो क्लबमा समेत प्रशिक्षण दिइरहेका छन् ।

भिक्टोरियास्थित गिलोङ स्पोर्ट्स एरिनामा भइरहेको प्रतियोगितामा मोहनले ६० केजी तौलसमूहमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यसमा मोहन पाँचौं स्थानमा रहे । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।

मोहनले गत बैशाखमा नेपाल जुडो संघ मार्फत १२ औं दक्षिण एसियाली खेलकुद (साग) को जुडोमा स्वर्ण जितेकी फपुल्हामु खत्रीलाई २५ हजार तथा रजत विजेताद्वय लीला अधिकारी र मनीता श्रेष्ठ प्रधानलाई ५–५ हजार नगद पुरस्कार प्रोत्साहन रुवरुप उपलब्ध गराएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...