छात्रतर्फ सैनिक आवासिय र छात्रातर्फ गण्डकी बोर्डिङ्ग कास्की च्याम्पियन

cocacola cup finalअन्तर विद्यालय स्तरिय कोकाकोला कप फुटबल प्रतियोगिता अन्तर्गत यसपटकको संस्करणमा कास्कीबाट छात्रतर्फ सैनिक आवासिय विद्यालय तथा छात्रातर्फ गण्डकी बोर्डिङ्ग स्कुल विजयी भएका छन् ।

आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा सैनिक आवासियले कालिका उच्च माविलाई ४–० गोले पराजित ग¥यो भने भने गण्डकी बोर्डिङ्ग स्कुलले टप्स उच्च माविलाई ३–० गोलले पराजित गर्दै कास्की च्याम्पियन बनेका हुन् । प्रतियोगिताको छात्र फाइनल खेलमा सैनिकको तर्फबाट समिर कार्की र प्रविण चौधरीले दुई दुई गोल गरेका थिए भने गण्डकीको तर्फबाट स्मृती गुरुङ्गले दुई र आकृती गुरुङ्गले एक गोल गरेका थिए ।

यो संगै छात्रतर्फ प्रथम भएको सैनिक र द्धितिय स्थान हाँसिल गरेको कालिका उमावि क्षेत्रिय प्रतियोगिताका लागि छनौट भएका छन् भने छात्रातर्फको च्याम्पियन गण्डकि बोर्डिङ्ग स्कुल राजधानीमा हुने अन्तिम प्रतिस्पर्धाका लागि छानिएको छ । जेष्ठ २० देखि सञ्चालित प्रतियोगितामा छात्रतर्फ ९० तथा छात्रातर्पm १४ विद्यालयले भाग लिएका थिए ।

प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ्गले ट्रफि प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...